Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौं, २७ मंसिर । अतिरिक्त भत्ता नपाएको भन्दै संसद्का कर्मचारीले व्यवस्थापनविरुद्ध असहयोग आन्दोलन थालेका छन्। संसद् सचिवालयका कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता र दैनिक ६ सय खाजा खर्च बुझ्दै आएका थिए।

उनीहरूले अतिरिक्त भत्ता नपाए पुस १ देखि कार्यालय समयमा मात्र काम गर्ने निर्णय गरेका छन्। ‘संसद् सेवा विशिष्ट हो’, कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले भने, ‘व्यवस्थापनले ठोस निर्णय नलिए कार्यालय समयमा मात्र काम गर्छाैं।’

सरकारले आव २०७५र७६ को वार्षिक बजेटमार्फत सबैखाले भत्ता कटौती गरेको थियो। सरकारको निर्णयपछि साउन १ देखि संसद्का कर्मचारीको भत्ता र खाजा खर्च पनि कटौतीमा परेको थियो। त्यसलगत्तै संसद्का कर्मचारीले सुविधा यथावत् हुनुपर्ने भन्दै सभामुख कृष्णबहादुर महरालगायत पदाधिकारीलाई दबाब दिँदै आएका छन्।

अन्नपूूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments