Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

उदयपुर, २७ मंसिर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ३ का ५० वर्षिय बुद्धिमान मगरलाई हात्तीले आक्रमण गरी मारेको छ । खर काट्न गएको मगरलाई हात्तीले गौडा छेकी लछार पछार गरेर मारेको रामपुर ठोक्सिला इलाका प्रहरी कार्यालयका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार खर घारीमा हसिया, चप्पल छोडेर भागेपनि तीन चार वटा हात्तीको समूहले आक्रमण गर्दा मगरको घटना स्थलमै मृत्यु भएको थियो । दुई हप्तादेखि हात्तीले उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकामा गरी दर्जन भन्दा बढी घर भत्काई र अन्नपात नष्ट गरिदिएको छ ।

तपाईको प्रतिक्रिया