Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौँ, २७ मंसिर । एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीमै पक्राउ गरेको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए ।

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरु बताउँछन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments