Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौं, १ चैत २०८० । नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते ‘साङ्गीतिक गजल गुञ्जन’ गर्ने भएको छ।

राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायकरगायिकाले प्रस्तुत गर्ने छन्।

प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ। प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, ‘नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ। गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ। यसलाई पूरा गर्ने हाम्रो प्रयास हो।’

नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ।

प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’ पनि गर्दै आएको छ। काठमाडौँमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए। यस अगाडि गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो।

‘गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछु, यात्री भन्छन्, ुनेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ।’ कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई ‘के लत बस्यो मलाई’ पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ। पुरस्कार राशि क्रमशस् ३५ हजार र १५ हजार रुपैयाँ छ।

 

तपाईको प्रतिक्रिया