Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, १ चैत २०८० । आज विश्व मृगौला दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ।

मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, नेशनल किड्नी सेन्टर र काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात् अंग दान गराउने अस्पतालहरूको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम हुदैछन्।

अहिले बिहान काठमाडौंको रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिदैछ। पदयात्रा दशरथ रंगाशालामा पुगेपछि प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरू बीचमैत्रीपूर्ण फुटबल हुनेछ। त्यसपछि मिर्गौला दिवस सम्बन्धी औपचारिक कार्यक्रम हुनेछ।

प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्दछ। नेपालमा पछिल्लो समय मृगौलाका रोगी दिनानुदिन बढिरहेको छ।

 

तपाईको प्रतिक्रिया