Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौँ, ३० फागुन २०८० । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ भोलि विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ ।

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

विभिन्न संस्थाबाट विभिन्न कार्यक्रमसहित हुँदै आएको कार्यक्रम यसपटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा आयोजना हुन लागेको हो । आयोजकले बिहीबार बिहान ७ः४५ बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गर्ने भएको छ ।

दशरथ रंगशालामा ८ः१५ बजेदेखि ९ बजेसम्म प्रत्यारोपितरअङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने आयोजकले जनाएको छ । बिहान ९ बजेदेखि ९ः३० सम्म विश्व मिर्गौला दिवससम्बन्धी औपचारिक कार्यक्रमको आयोजना हुने आयोजकले उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया