Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौँ, ३० फागुन २०८० । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा तीव्र उतारचढाव देखिएको छ । बैंक ब्याजदर घट्दाको फाइदा उठाउनेहरूका अघि नाफा बुक गर्नेको सङ्ख्या बढ्दा नेप्सेमा तीव्र उतारचढाव देखिएको हो । आज सुरुवातमा बढ्ने संकेत देखाएपछि निरन्तरको घटबढपछि परिसूचक २.४८ अंक घटेर बन्द भयो ।

नेप्सेमा ०.११ प्रतिशतको गिरावट आएसँगै परिसूचक २१ सय ८ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज ९८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १६ कम्पनीको मूल्य स्थिर कायम छ ।

परिसूचकमा सामान्य गिरावट आउँदा ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । बिन नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त, आमन्त्रित लघुवित्त वित्तीय संस्था र समाज लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

आज शिवम् सिमेन्टको सेयर २५ करोड ५३ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यो सबैभन्दा धेरै हो । यसपछि सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको २० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज नेप्सेमा ७ समूहको सूचक भने घट्दा बाँकी ६ समूहको सूचकमा वृद्धि आएको छ ।

 

तपाईको प्रतिक्रिया