Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौँ, २९ फागुन २०८० । देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता भएका छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी भएको पाइएको छ । परिषद्को पछिल्लो अध्ययन अनुसार तत्काल नेपालमा ३ हजार १६२ जना पशु चिकित्सकको आवश्यकता देखिएको छ । तर परिषद्मा जम्मा १ हजार ९८२ जना पशु चिकित्सक दर्ता भएका छन् ।

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ परिषद्ले जनाएको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।

हालै मात्र भएको भएको पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जनाले मात्रै उत्तीर्ण गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया