Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

प्रदीप मेन्याङ्बो

सुनसरी, २६ मंसिर । २०७५ एलाइनेट जिम क्लबको आयोजनामा फागुन ११ गते धरानमा दोश्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै धरान– ८ स्थित सभागृहमा हुने शारीरिक सुगठन प्रतियोगिताको तयारी बारे क्लबका अध्यक्ष विक्रम सुब्बले उक्त जानकारी दिएका हुन् । प्रतियोगितामा देशभरका ५० जना खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार राशी पनि यो वर्ष प्रथम खेलाडीको वृद्धि गरिएको छ । उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । गतवर्ष उपाधि विजेताले १ लाख रुपैयाँ मात्रै प्रदान गरिएको थियो । फर्स्ट रनरअप उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, सेकेण्ड रनरअपले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सान्तवना पुरस्कार नगद २५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा क्रमसस् ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट प्रतिस्पर्धा हुनेछ । फाइनलको अघिल्लो दिन प्री–जजिङ हुने छ । उनका अनुसार पहिलो दिन प्री –जजिङ राउण्डमा एउटै तौल समूहबाट ६ जना खेलाडी छनौट गरिनेछ । पाँच वटा तौल समूहबाट ३० जना खेलाडीहरु फाइनमा उत्रने छन् ।

प्रतियोगितामा इन्डिभिज्युल विजेतालाई जनही नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका आयोजक क्लबका अध्यक्ष सुबबाले शारीरिक सुगठन विश्वमा नै खर्चका दृष्टिले अत्यन्तै महंगो रहेकाले यो खेल नेपालमा धरासायी बन्दै गएको बताए । उनले भने, ‘खेलाडीहरुका लागि आवश्यक पर्ने ‘व्यालेन्स डाइट’ मै बढी खर्च लाग्छ । खेलाडी स्वयमले खर्च व्यवस्थापन गर्न नसक्दा शारीरिक सुगठन खेल धरासायी बन्दै गएको छ ।’ राज्य र सम्बन्धित निकायको बेवास्ताका कारणले पनि नेपालमा शारीरिक सुगठन खेलप्रतिको मोह खस्कँदो देखिएको र कतिपय खेलाडीहरु पलायन भएको उनले बताए ।

शारीरिक सुगठन प्रतियोगिता संचालन गर्न प्रायोजक जुटाउन नै कठिन भएको बताए । उनका अनुसार राष्ट्रिय स्तको एउटा प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीले चार महिनादेखि मात्र तयारी गर्दापनि न्यूनतम २ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म व्यालेन्स डाइटको निम्ति खर्च गर्नु पर्ने हुन्छ । पत्रकार सम्मेलनमा खेलाडीहरुले शारीरिक सुगठन प्रतियोगिताहरुको स्तरोन्नति गर्नको निम्ति राज्यको तर्फबाट सहयोगको आवश्यक भएको बताएका थिए ।
इकान्तिपूरबाट

तपाईको प्रतिक्रिया