Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौँ, २८ फागुन २०८० । पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना उत्तीर्ण भएका हुन् ।

१९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २१२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ ।

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।

तपाईको प्रतिक्रिया