Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, २६ मंसिर । इटहरीको एक फ्याक्ट्रिमा आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ।

स्थानीय भानु अग्रवालले सञ्चालन गरेको लक्ष्मी फर्म एण्ड लुप म्याट इन्डस्ट्रिजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आगलागीबाट ४ करोड ८७ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ।

आगलागीबाट फ्याक्ट्रीमा भएको तयारी समान, ५ टन कपडा तथा मेसिन स्कुडर, ग्लान्डर, चिलर लगायतका समान जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया