Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनिल श्रेष्ठ

विराटनगर, २६ मंसिर । कर्णाली एग्रिकल्चर डेभलपमेण्ट नेपालको क्षेत्रिय र शाखा प्रमुखले मोरङको विभिन्न ठाउँमा रहेका १ सय २० भन्दा बढी कृषकहरूको रकम लिएर गएको खुलेको छ ।

पीडित कृषकहरूका अनुसार प्रतिकृषक ५ सय रूपैयाका दरले ६० हजार रुपैया सङ्कलन गरेका हुन् । त्यसरी सङ्कलन गरी फरा हुनेमा धरानको पानवारीस्थित क्षेत्रीय प्रमुख रहेका एंकम शर्मा वली र विराटनगर–४ कन्चनबारीस्थित शाखा कार्यालयका प्रमुख रंगप्रसाद देवकोटा छन् ।

एग्रिकल्चरमा कर्मचारीको रूपमा नियुक्ति भएका १४ जनाले मोरङको विभिन्न स्थानीय तहका १ सय २० भन्दा बढी कृषकबाट रकम असुलेको श्रम तथा रोजगार कार्यालय विराटनगरमा दिएको उजुरीमा उल्लेख छ ।

कार्यालय प्रमुख फरार भएपछि कार्यालयमा कार्यरत १४ जना कर्मचारीले तीनतीन महिनादेखी काम गर्दै आएको १ लाख २६ हजार ५ सय रुपैयाँ र कृषकको ६० हजारसहित सापटी रकम ३५ हजार रूपैयाँ पाउनुपर्ने माग दाबीसहितको उजुरी दिएका हुन् ।

तीन महिनापछि १७ हजार दिने शर्तअनुसार शुरुवातमा ११ हजार ५ सय रूपैयाँ मासिक तलब दिने कबोलियत गरिएको पीडित कर्मचारी बताउँछन् । मोरङको १७ स्थानिय तहमध्ये १४ वटा स्थानिय तहमा सामाजिक परिचालकमा कर्मचारी नियुक्ति गरि कृषकहरूबाट रकम उठाउने गरेको कार्यरत राजेन्द्रकुमार रामले बताए ।

‘तीन महिनासम्म गाउँमा गएर एग्रिकल्चरले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउँदै कृषकको घरसम्म पुगिम,’ मोरङको कटहरी गपा हेर्ने जिम्मा पाएका रामले भने, ‘कृषकलाई सदस्य बनाएर उनीहरूबाट पैसाँ समेत उठाएर शाखा कार्यालयमा दिइम । अहिले कार्यालय प्रमुख सम्पर्कका छैनन् ।’

कृषकबाट संकलन गरेको रकम बुझेको शाखा कार्यालय विराटनगर भने अहिले बन्द अवस्थामा छ । एग्रिकल्चरले कृषिमा अनुदान, बिउबिजन निःशुल्क, तरकारि खेती तालिम, प्राविधिक शिप र पशुपालनमा ५० प्रतिशत अनुदान दिने आवश्वासन दिई कर्मचारीलाई गाउँमा खटाएका थिए ।

एग्रिकल्चरका प्रमुख भागेपछि १४ स्थानिय तहमा नियुक्ति भएका कर्मचारीहरुले समस्या परेका छन् । यता कर्णाली एग्रिकल्चर डेभलपमेण्ड नेपालका अध्यक्ष लालमणि दवकोटाले काम गरेको कर्मचारीको व्यवहार तत्काल मिलाउने बताए ।

‘शाखा प्रमुख र क्षेत्रिय प्रमुख अहिले मेरो सम्पर्कमा आएका छनैन्,’ उनले भने, ‘कार्यालयले नियुक्ति गरेको सामाजिक परिचालकले काम गरेको आधरमा उनीहरूको सेवा सुविधा मंसिर अन्तिम सातासम्ममा मिलाउनेछु ।’ उनले कृषकलाई सदस्य बनाएकालाई समेत कम्पनीले दिने भनेको सुविधा चाँडै प्रदान गर्ने आश्वासन दिए ।

सम्र्पकमा नपाएका क्षेत्रिय प्रमुख वली र शाखा प्रमुख देवकोटालाई कम्पनीको नियम अनुसार कारवाही गर्ने उनले बताए । उक्त एग्रिकल्चरको केन्द्रीय कार्यालय भने सुर्खेतको विरेन्द्रनगर हो । १ नम्बर प्रदेशको १० जिल्लामा कृषकसँग सम्बन्धी कार्याक्रम संचालन भइरहेको अध्यक्ष देवकोटाले बताए ।

यसैबीच श्रम तथा रोजगार कार्यालय विराटनगरले कर्मचारीको पारिश्रमकि, कृषकबाट उठाएको रकम र सापटि लिएको पैसाँ दिन कर्णाली एग्रिकल्चर डेभलपमेन्ट कार्यालयलाई पत्रचार गरेको छ ।

काम गरेवापतको तीन महिनादेखी कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले १४ जना कर्मचारीको पारिश्रमिक नदिएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको थियो ।

कर्मचारीले श्रममा उजुरी गरेपछि श्रम अधिकृत प्रेमप्रसाद संजेलले श्रम ऐनले तोके अनुसारको नियुक्ति गरेको कर्मचारीको पारिश्रमिक दिन एग्रिकल्चरको नाममा आइतबार पत्राचार गरेको छ । ‘एक साता भित्र लिखित जबाफ नदिए एग्रिकल्चरलाई कानुनी कारवाही अगाडी बढाउनेछु,’ उनले भने ।

क्याप्सन १.सात दिन भित्र कर्मचारीको तलब र कृषकको पैसाँ दिन श्रमले काटेको पत्र ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया