Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौं, २४ फागुन २०८० । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ३० ले वृद्धि भई प्रतितोला एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

 

 

तपाईको प्रतिक्रिया