Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौँ, २१ फागुन २०८० । नेपालमा करिब ४५ प्रतिशत औषधि आयात हुने गरेको छ । औषधि गुणस्तर , मापदण्ड र कानुनी प्रावधान अन्तर्क्रिया कार्यक्रममा नेपालमा ४५ प्रतिशत आयात हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वस्थ सचिव डा. विकास देवकोटाले बताए ।

नेपाल हाल करिब ५५ प्रतिशत औषधिमा आत्मनिर्भर भएको बान्की औषधि आयतन गर्नुपर्ने उनले सुनाए ।

उनले नेपालमा औषधिमा नियमन गर्नका लागि औषधि उद्योगी, आयातकर्ता र निर्यातकर्ता, बिक्री वितरणकर्ता लगायतले योजना बनाउनुपर्ने सुझाएका छन् । ‘५ वर्षको साझेदार रोड म्यापको योजना बनाउन जरुरी छ,’ उनले भने ‘औषधि क्षेत्रमा आवश्यक मात्रमा अनुसन्धान हुन सकेको छैन, त्यस तर्फ उद्योगी साथीहरूले ध्यान दिनुपर्छ ।’

पछिल्लो समय देखिएका नयाँ-नयाँ रोगको लागि औषधिमा पाइन्छ भन्ने ढुक्क हुने वातावरण नभएको उनले सुनाए ।

औषधिको उत्पादनको कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने उद्योगीले उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया