Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बदिर्याया, २६ मंसिर । बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्ण्हिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए ।

उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए ।

विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिईसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने ।

भौतिक पुर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थील दुःख व्यक्त गरेका थिए ।

सांसद गौतमले आफुले सक्दो सहयोग गर्ने चयन दिएपछि विद्यार्थी खुसीले गद्गद् भए ।

उक्त विद्यालयमा कक्षा ९ अध्ययनरत रामबहादुर चौधरीले खुसी हुँदै भने, हाम्रो समस्या सुनेका सांसद गौतमले पक्कै पनि सहयोग गर्छन् भन्ने आशा लागेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया