Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० फागुन २०८० । झापामा पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-५ घोडाधिन स्थित भित्री पक्कि सडकखण्ड घैलाडुब्बामा पैदल यात्री आमा र छोरीलाई मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा ५५ वर्षिया देविमाया विकको मृत्यु भएको हो ।

शनिबार अन्दाजी ७ बजेको समयमा मेचीनगर नगरपालिका-५ घोडाधिन स्थित भित्री पक्कि सडकखण्ड घैलाडुब्बाबाट नकलबन्दा तर्फ जादै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले आमा छोरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने आमा र छोरी घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारको लागी बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही रात ७ः३० बजेको समयमा आमा देविमाया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ वर्षिया छोरी निशा विकको नाकमा चोट लागेको अवस्था मध्यम रहेको जनाइएको छ । मोटरसाइकल ईलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको छ भने, मोटरसाइल चालक तत्काल फेला नपरेकोले खोज तलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया