Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, २६ मंसिर । सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित समितिका सभापतिको कार्यकक्ष निर्माण गर्न खरिद ऐनविपरीत सचिवालयले १ करोड ८५ लाख रुपैयाँ खर्च गरेकोबारे अख्तियारले संसदलाई दोस्रो पत्र काटेको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया