Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

लण्डन, १८ फागुन २०८० । लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लण्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो ।

लण्डन फायर ब्रिगेडका अनुसार पाँचतले भवनको भुइँतलाको आधा भाग उनीहरु आइपुग्दा आगोले जलेको थियो ।

उहाँले भन्नुभयो, “भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्नि नियन्त्रक अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् ।

“आगलागीलाई नजिकैका भवनहरूमा फैलिनबाट रोक्न काम भइरहेको छ,” घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भन्नुभयो ।

पाँच जनालाई भर्‍याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।

धुवाँको मुस्लोका कारण श्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया