Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, १७ फागुन २०८० । कर छलेको आशंकामा दमकको दुई वटा हस्पिटलमा छापा मारिएको छ । आन्तरिक राजश्व कार्यालय र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक-८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर र दमक-५ बेलडाँगी रोड स्थित ॐ शान्ति डेन्टल हस्पिटलमा छापा मारेको छ ।

कर कार्यालयका प्रमुख लवकुमार अधिकारीले छापा मारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर दुवै हस्पिटलको आवश्यक कागजात नियन्त्रणमा लिएको बताए ।

दमक अस्पतालले स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीको कागजात मिलाएर अतिरिक्त पैसा लिने गरेको सर्वत्र गुनासो आएको छ । भने ओम शान्ति डेन्टल हस्पिटलले कर छली गरेको आरोप छ । राजस्व कार्यालयले यसअघि समेत सो डेन्टल हस्पिटलमा छापा मारेर अनुसन्धान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया