Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

बनेपा, २६ मंसिर । दुर्भाग्य पनि कस्तो ! आठ बर्षअघि कान्छो छोरोले विष खाएर आत्महत्या गरे ।

त्यसको डेढ बर्ष नपुग्दै पतिले पनि विषै खाएर संसार छाडे !

यो पीडाको घाउमा खाटा बस्दैथियो ।

फेरिक जेठो छोरोले पनि गत असारमा पासो लगाएर आफुलाई सिध्याए ।

लगातार एकपछि अर्को बज्रपात ब्यहोर्नुपर्यो, काभ्रेको बनेपा १३ भैंसेपाटीकी ४६ बर्षिया सावित्री भुजेलले ।

ललितपुरको धापाखेलस्थित थामागर परिवारबाट भैंसेपाटीको भुजेल परिवारमा आईपुगेकी सावित्रीले पढ्न लेख्न पाइनन् ।

अर्काको ज्यालाबनी नगरी खान नपुग्ने उनले पढाउँनकै लागि कान्छो छोरालाई माईतमीमा पठाईन । र्माइतीले नि कान्छो नाति माया गरेर पढाईरहेका थिए ।

८ कक्षामा पढ्दैथियो । के भएर हो कुन्नी तरकारी बालीमा हाल्न ल्याएको विष खाएर बितेछ, सावित्री सुनाउँछिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया