Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जनकपुरधाम, २६ मंसिर । पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ। २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए।

एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।

मुलुक संघीयतामा गएपछि मधेसको राजधानी (प्रदेश मुकाम) जनकपुर केन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ।,यो खबर आजको नागरिकदैनिकमा छ ।

दुई वर्ष्भित्र प्रमुख तीनवटा भ्रमण हुनुको पछाडि भारतीय पक्षको के स्वार्थ होला ? उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला ? भन्ने प्रश्नहरू अनुत्तरित छन्।

मधेस मामिलामा कलम चलाउँदै आएका चन्द्रकिशोर भन्छन्, ‘पछिल्लो प्रमुख तीन भ्रमणले भारतको मधेसप्रति मोह बढेको भन्न मिल्दैन। जनकपुरप्रति आस्था भने अवश्य हो।’

भारतमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ। भारतले नयाँ नेतृत्व चयन गर्न अगामी वर्ष चुनाव गर्दैछ। उक्त चुनावमा भाजपाका पक्षमा सीमा जोडिएको बिहारको जनमत आकर्षण गर्न मोदी र योगीले जनकपुर भ्रमण गरेको हुन सक्ने उनको भनाइ छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया