Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौँ, १५ फागुन २०८० । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।

कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ ।त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।

आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ । यसअघि पहिलो चरणमा प्रवेश परीक्षा भएर विद्यार्थीको पठनपाठन समेत सुरू भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया