Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरीगंज, २५ मंसिर । शरीर बन्धक तथा अपहरण गरेको आरोपमा आज गौरीगंजका तीन जना पक्राउ परेका छन् ।

भारत विहार सुपोल जिल्ला किसनपुर थाना बस्ने मो सदामका छोरा ७ वर्षिय मैफुज आलमलाई शरीर बन्धक तथा अपहरण गरेको आरोपमा गौरीगंज वार्ड नं ६ का बद्री यादव, वार्ड नं ४ का विट्टु गुह्री ( मल्हा) र उनकी श्रीमती अन्जु मुखिया पक्राउ परेका हुन् । मंसिर २० गते घर छेउमा खेल्दै गरेको अवस्थामा चकलेट दिएर ललाई फकाई आलमलाई मोटर साइकलमा चढाई नेपाल तिर ल्याई विट्टु गुह्रीको घरमा दुई दिन राखेको स्रोतले बतायो । मंसिर २२ गतेदेखि बालकलाई दमकस्थित देउराली होटलको कोठा नं १०७ मा बन्धक बनाई १५ लाख भारती रूपैयाँ फिरौती मागेको जनाईएको छ ।

अपहरणमा परेका मैफुज आलमलाई उदार गरि दमक प्रहरीको निगरानी राखिएको छ ।
पक्राउ परेका बद्री यादव, विट्टु मल्हा र अन्जु मुखियालाई थप अनुसन्धानका लागि दमक प्रहरी कार्यालयलाई बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
आलमलाई अपहरण गरेको आरोपमा तीन जना भारतीयलाई पक्राउ गरेको भारतीय प्रहरी स्रोतले बताएको छ भने भोली दमक प्रहरी कार्यालयले अपहरणकारीको विस्तृत जानकारी पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नेे जनाइएको छ ।

कोचिला न्यूजबाट

तपाईको प्रतिक्रिया