Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

इटहरी, २५ मंसिर । केहि समय अघि इटहरीस्थित रोयल रिर्साेटमा १४ वर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका दुईजनालाई १० वर्ष कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत सुनसरीले आइतबार अन्तिम फैसला गदै बलात्कारमा संलग्न जिवन कुमार श्रेष्ठ (मनिस) र जोकम सुुब्बा लिम्बुलाई १०(१० वर्ष कैद र जनही १० हजारको दरले जरिवाना सजाय तोकिएको हो । जिल्ला न्यायाधीस धुर्वकुमार उप्रेतीको इजलासले होटलमा लगेर भिडियो समेत बनाइ जबरजस्ती बलात्कार गरेको प्रमाण सहितलाई आधार बनाएर कैद र जरिवना तोकिएको बताइएको छ ।

दुवैलाई सुनसरीको झुम्कास्थित क्षेत्रिय कारागार लगिने छ । यस घटनामा पिडित र पिडक बिच मिलापत्र गराउने विषयमा तत्कालिन सुनसरी जिल्लाका एसपी बिद्यायनन्द माझीसहित इन्सपेक्टर चिरञ्जीबी दाहाल निलम्बनमा परेका थिए ।

पछि दुबै जना प्रहरी अधिकृतको निलम्बन फुकुवा भएको थियो । इटहरीको चर्कित यस बलात्कार काण्डमा प्रहरीले घटना र मिलापत्रको विषयमा छानबिन समिति नै गठन गरेको थियो ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया