Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौँ, ३ फागुन २०८० । लुम्बिनी प्रादेशिक अस्पतालले बुधवार एनजीओग्राम सेवा शुरु गरेको छ। उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्।

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकेज’ परीक्षण गर्ने विधि हो। सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ।

लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा अस्पतालमा शुरु भएको हो। यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो। सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा. अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो।

“अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ,” डा. बुढाथोकीले भने। एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने प्रविधि र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने यन्त्र हो।

 

तपाईको प्रतिक्रिया