Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धनकुटा, २५ मंसिर ।  धनकुटाको पाख्रिवास नगरपालिका ८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ ।

साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने ३५ बर्षीय भीमकुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।

बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको भन्ने जनाकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी टोली खटि शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्लाष्टखबर

तपाईको प्रतिक्रिया