Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

दमक, २५ मंसिर । भोली बुधबार झापाका बिभिन्न कार्यक्रमहरुमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपछि त्यसको तयारी तिब्र भएको थियो । मेची खोलाको पुल उद्घाटन सहित झापामा औपचारिक अन्य कार्यक्रमहरु समेत रहेका थिए ।

बहुप्रतिक्षित मेची पुलको उद्घाटनलाइ महत्वका साथ हेरिएको थियो । यसको तयारी करिब ९० प्रतिशत पुरा भएको अवस्था रहेको थियो । दमकमा पनि २ वटा औपचारिक कार्यक्रम तय भएका थिए ।

ओलीका नीजि सचिवालय सदस्य होमबहादुर थापाले ओली झापा आउने कार्यक्रम स्थगन भएको पुष्टि गरेकाछन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कार्यक्रम स्थगन भएको उनले जनाएकाछन् ।

तपाईको प्रतिक्रिया