Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का
गौरादह, २५ मंसिर । नेपाल महिला सशक्तिकरण संस्था गौरादहले लैङगिक हिंसा विरुद्ध १ दिने कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. १ को वडा कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगर भित्रका ६६ जना महिलाहरु सहभागी भएका थिए ।

कार्यक्रममा गैर सहकारी संस्था का केन्द्रिय अध्यक्ष अभिलाल खतिवडा र जिल्ला अध्यक्ष हरि गौतमले महिलाहरुमा हुने गरेका घरेलु हिंसा, बलात्कार र महिलाहरुका अन्य समस्याहरुको पहिचान गरी त्यसबाट मूक्ति पाउन गरिने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

संस्थाले गौरादहको डिपु चोक देखि वडाकार्यालय सम्म निर्मला हत्या काण्डको विरुद्धमा नारा जुलुस गरी हत्यारा कार्यवाही गर्न माग गर्दै र्याली निकालेका थिए । संस्थाले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज सोमबार गौरादहमा कायक्रम गरेको हो ।

संस्थाकी अध्यक्ष भरिपूर्ण राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपमेयर गीता भेटवाल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल, राप्रपा प्रतिनिधि चाणक्य राउत, नगरमहिला सञ्जाल अध्यक्ष लिला कार्की, सहकारी प्रतिनिधी बिमला ढकाल, कृषि सहकारी का तर्फबाट चामुण्डा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी कोषाध्यक्ष भिमकुमारी राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया