Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, २७ माघ २०८० । एसीसी वुमन्स प्रिमियर कपको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा भएको खेलमा हङकङलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालले १४.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। जीतका लागि नेपालका लागि इन्दू बर्माले ४० रन र सीता रानामगरले ३८ रनको योगदान गर्दै अविजित रहे। ओपनर कविता कुँवरले भने ४ रन बनाएर आउट भएकी थिइन्।

निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै हङकङले ९३ रन बनाएको थियो। नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले समान दुईरदुई विकेट, कविता जोशी र सीता रानामगरले एकरएक विकेट लिएकी थिइन्।

हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन, मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाएकी थिइन्।

नेपाली टोलीमा इन्दू बर्मा ९कप्तान०, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन्।

जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन्। चार समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन्। सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन्।

 

तपाईको प्रतिक्रिया