Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

इटहरी, २५ मंसिर । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । मंगलबार बिहान ७ः२५ बजेतिर लागेको आगो निभाउने प्रयास जारी छ ।

भानु अग्रवालको यो कम्पनीले डोर म्याट लगायतका सामग्री उत्पादन गर्दछ । आगलागीको कारण खुलेको छैन ।

आगो निभाउन सात वटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणको प्रयासमा सशस्त्र, नेपाल प्रहरीको टोली पनि खटिएका छन् । आगो नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी, बिराटनगर चोक, दुहबी, धरान लगायतका स्थानका दमकल प्रयोग गरिएको र अन्य दमकल पनि आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया