Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

२५ मंसिर । कोठा नम्बर १८ को झ्याल नजिकै आँसु पुछिरहेकी थिइन् विनिता बस्नेत। ट्रान्सक्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो। आँसु बग्यो कार्यालय परिसरभित्रै। कर्मचारी रिसाउँदै भन्दै थिए, ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ? ’

आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्सक्रिप्ट पाए। तर उनले पाइनन्। उनी धेरै बेर आँसु झार्दै झ्यालछेउमै उभिरहिन्। कर्मचारी फेरि झर्कंदै भने, ‘जानुस्, डिन कार्यालयमा गएर भन्नुस्।’ झ्याल नजिकै बसेर आफ्नो पीडा साथीहरूलाई सुनाउन थालिन्। भन्दै थिइन्, ‘एकातिर ट्रान्सक्रिप्ट नभएर जागिर पाको छैन। अर्को्तिर टीयूका कर्मचारीले मान्छे गन्दैनन्।’

लाखौं विद्यार्थीको परीक्षा लिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा देखिएको यी तीन दृश्य प्रतिनिधि घटना मात्रै हुन्। यस्ता घटना विगतमा पनि थिए। आज पनि उस्तै छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments