Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, २४ माघ २०८० । क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ। आइसीसी लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो। नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ।

सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका छ। प्रतियोगिता खेल्ने दुवै देशका खेलाडीहरू बुधबार अभ्यासमा व्यस्त भएका छन्। क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहरूलाई समेटेर टोलीको घोषणा गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया