Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

अस्ट्रेलिया, २४ माघ २०८० । एक नेपाली युवकविरुद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचन विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो।

त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशनमा घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित अपरेशन रहेको प्रहरीले जनाएको छ। उनी यसअघि पनि गेम्ब्लिङ र लागु औषध कसुरमा पटकपटक विवादमा परेका व्यक्ति भएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया