Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौँ, २२ माघ २०८० । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।

अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।

उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया