Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमडौं, २५ मंसिर । करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् ।

दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।

रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए ।

अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे ।

तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए ।

​अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments