Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

२१, माघ २०८० । नामिबियाका राष्ट्रपति जि गिन्गोबको मृत्यु भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यान्सर पीडित थिए।

‘अत्यन्तै दुस्ख र खेदका साथ यो जानकारी गराउँदछु-प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’, राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।’

शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए। उनी ८२ वर्षका थिए।

तपाईको प्रतिक्रिया