Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, १७ माघ २०८० । इजरायली आक्रमणमा परि गाजाका आधाभन्दा बढी भवनहरू ध्वस्तभएको तथ्य सार्वजनिक भएको छ।

गाजाभर, आवासीय क्षेत्रहरू ध्वस्त भएका छन्, पहिले व्यस्त किनमेल सडकहरू भग्नावशेषमा परिणत भएका छन्, विश्वविद्यालयहरू ध्वस्त भएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका ८० प्रतिशत भन्दा धेरै नागरिक विस्थापित भएका छन्। खान युनिस शहरले इजरायलको सैन्य कारबाहीको धेरै असर बेहोरेको बिबिसीले जनाएको छ।

हालैका हप्ताहरूमा दक्षिणी सहर खान युनिस विशेष गरी नराम्ररी प्रभावित भएको छ। विश्लेषणका अनुसार ३८ हजार बढी भवनहरू अहिले क्षतिग्रस्त भएका छन्। विगत पन्ध्र हप्तामा त्यहाँ १५ सय भन्दा बढी भवनहरू क्षतिग्रस्त भएका थिए।

इजरायली सेनाले खान युनिसको अल–अमल अस्पतालखाली गर्न माग गरिरहेको प्यालेस्टाइन रेड क्रिसेन्टले बताएको छ।

 

तपाईको प्रतिक्रिया