Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौं, २५ मंसिर । सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् ।

निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो ।

पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

एकदुई दिनमै असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सुची तयार पार्नेछौँ, स्रोतले भन्यो, पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments