Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १७ माघ २०८० । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।

नेपाल सेमिफाइनल रेसबाट भने बाहिरि सकेको छ । त्यसैले प्रतियोगामा आफूलाई बलयो सावित गर्ने नेपालको लक्ष्य हुनेछ ।

याता बंगलादेशलाई सेमिफाइनलमा पुग्न आजको खेलमा जितको आवश्यक छ । आजको खेलमा जित निकाल्न सकेमा बंगलादेश सेमिफाइनलमा रेशमा रहनेछ । बंगलादेशसँग नेपालले यसअघि दुई पटक विश्वकपमा खेलेको छ ।

 

तपाईको प्रतिक्रिया