Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौँ, १६ माघ २०८० । ६९ औं फिल्म फेयर अवार्डमा ‘१२ वी फेल’ उत्कृष्ट फिल्म बनेको छ । गुजरातको गन्धीनगरमा आइतबार सम्पन्न फिल्म फेयरमा हलमा उल्लेखनीय रुपमा दर्शक तान्न नसकेको ‘१२ वी फेल’ फिल्मका नायक विक्रान्त मैसी ‘बेस्ट एक्टर’ (क्रिटिक्स) अवार्डबाट सम्मानित भए ।

बलिउडको लोकप्रिय जोडी रणवीर कपुर र आलिया भट्टका लागि यस संस्करणको फिल्म फेयर अवार्ड विशेष बन्यो । दुवैले आ-आफ्नो विधाको उत्कृष्ट अवार्ड हात पारे ।

रणवीरले ‘एनिमल’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने अलियाले ‘रक्की और रानी की प्रेम कहानी’बाट उत्कृष्ट अभिनेतृको अवार्ड हात पारिन् ।

त्यस्तै, ‘१२ वी फेल’का निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड जिते । फिल्म ‘जोरम’ ले उत्कृष्ट फिल्म (क्रिटिक्स)अवार्ड जितेको छ । विक्की कौशलले उत्कृष्ट सह-अभिनेताको अवार्ड जित्दा वरिष्ठ निर्देशक डेभिड धवन ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भए ।

 

तपाईको प्रतिक्रिया