Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौँ, १६ माघ २०८० । पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारीले ‘संसदमा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण गर्नुभएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकाले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्त्वपूर्ण भएको बताउनुभयो ।

यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झ-झल्को मिल्ने उहाँले बताउनुभयो । प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.हेमनाथ पौडेलको सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो । रासस

 

तपाईको प्रतिक्रिया