Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

नेपालगन्ज, २४ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे।

‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो।’

खाँका जेठी र माइली पत्नीबाट ६र६ गरी १२ सन्तान छन्। उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरे।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया