Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

दमक, २४ मंसिर । आज दिउसो झापाको कमल गाँउपालिका पाडाजुंगीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको पहिचान खुल्न सकेको छैन । ग्लोवल एजुकेशनल एकेडेमीको स्कूल बसले ठक्कर दिइ उनलाइ तत्काल उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याईएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र यक्तेनका अनुसार अहिलेसम्म नाम, वतन केहि पनि खुलेको छैन । खाद्यन्नका सामाग्रिहरु बोकेकाले घटनास्थल आसपास नै घर भएको हुनसक्ने बताइन्छ । अहिले उनको शव दमकस्थित लाइफलाइन अस्पतालमा रहेको जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया