Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

इस्लामाबाद, १३ माघ २०८० । पाकिस्तानको पञ्जाब प्रान्तमा निकै चिसोका कारण निमोनियाका हुँदा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ। पञ्जाब सरकारले शुक्रबार मृत्युको पुष्टि गर्दै पछिल्लो तीन हप्तामा उक्त मृत्यु भएको स्पष्ट पारेको थियो।

पञ्जाबको सरकारका अनुसार मृत्यु भएका अधिकांश बालबालिकाले निमोनियाको खोप पाएका थिएनन्, कुपोषित थिए र अपर्याप्त स्तनपानका कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको थियो। यसै अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले पञ्जाब प्रदेशभरका विद्यालयमा माघ १७ गतेसम्म बिहानको प्रार्थना गर्न रोक लगाएको छ।

एक महिनादेखि पञ्जाबमा निमोनियाका १० हजार ५२० विरामी देखिएका छन्। त्यसरी ज्यान गुमाएका २२० जना त पाँच वर्षमुनिका बालबालिका छन्, तीमध्ये ४७ जना लाहोरका थिए। पञ्जाबका खोप कार्यक्रमका निर्देशक मुख्तार अहमदले पाकिस्तानमा शिशुहरूलाई सामान्यतया जन्मेको ६ हप्तापछि पहिलो एन्टि(निमोनिया खोप दिइने गरेको बताए।

पाकिस्तानमा दुई वर्षसम्मका बालबालिकालाई १२ वटा खोप लगाइन्छ, तीमध्ये तीनवटा खोप बालबालिकालाई निमोनियाबाट बचाउन दिइन्छ। खोप लगाइएका बालबालिका ब्याक्टेरियाको संक्रमणबाट सुरक्षित हुन्छन् तर भाइरल निमोनियाबाट प्रभावित हुन सक्छन्।

चिसो बढेसँगै बालबालिकामा भाइरल निमोनिया तीव्र गतिमा बढ्दै गएको र कोरोना महामारीको रूपमा फैलिएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया