Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

काठमाडौ, १२ माघ २०८० । संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर भएका एकजनालाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो। हत्याका दोषी केनेथ यु्जिन स्मिथलाई यस्तो सजाय दिइएको हो।

५८ वर्षीय स्मिथले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागेपछि सर्वोच्च अदालतमा अपिल दिएका थिए। तर, अदालतले उनले निवेदन अस्वीकार गरिदिएको समाचार बीबीसीमा छ।

स्मिथलाई अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन ग्यासँ सुँघाएको थियो। यो ग्यास शरीरभित्र जाने वित्तिकै अक्सिजन नष्ट गरिदिन्छ।

उनी सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए। उनले एक धार्मिक प्रचारकी श्रीमती एलिजाबेथ सेनेटको हत्या गरेका थिए।
उनले रकम लिएर हत्या गरेका थिए।

 

तपाईको प्रतिक्रिया