Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

मुगु, ११ माघ २०८० । मुगु जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीनजना बिरामीको मृत्यु भएको छ । सोरुगाँउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले ज्वरो र रुघाखोकीबाट ग्रसित तीनजना बिरामीको मृत्यु भएको पुष्टि गरे।

उपाध्यक्ष शाहीका अनुसार सोरुगाँउपालिका-६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही,७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको हो। उनीहरूको के कारणले मृत्यु भएको यसबारे खुलेको छैन।

जिल्लामा भाइरल ज्वोरो फैलिएपछि जिल्ला अस्पतालमा बिरामीको चाँप बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट मंगलबार चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा गएको थियो।

उपाध्यक्ष शाहीका अनुसार चिकित्सकसहितको टोलीले सोरु गाउँपालिकाको वडा नम्बर ६ का तीनवटा गाउँका ७४ जनाको स्वास्थ्य परीक्षण गरेको हो। बिरामीको स्वाब परीक्षणका लागि नेपालगन्ज पठाइएको छ।

बिरामीमा तारन्तार पसिना आउने,टाउको दुख्ने, मांशपेसी दुख्ने,खानामा अरुची हुने,कमजोर महशुस हुने खालका लक्षण देखा परेका छन् ।

 

तपाईको प्रतिक्रिया