Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

काठमाडौं, ११ माघ २०८० । अष्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीय नागरिकको मृत्यु भएको छ। क्यानबरास्थित भारतीय उच्चआयोगले यसबारे जानकारी गराएको छ।

भारतीय उच्च आयोगले ट्वीटरमा लेखेको छ,’अष्ट्रेलियाको भिक्टोरियाको फिलिप समुद्र तटमा डुबेर चारजना भारतीय नागरिकको मृत्यु भएको छ। मृतकको परिवारप्रति गहिरो संवेदना छ।’

उसले पीडित परिवारसँग सम्पर्कमा रहेको जनाएको छ। मृत्यु हुनेको पहिचान भने खुलाइएको छैन।-एजेन्सी

 

तपाईको प्रतिक्रिया