Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

२४ मंसिर । चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित भरियालाई रसुवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले गोसाइँकुन्ड गाउँपालिका–१ का ३७ वर्षीय निमा दोर्जेलाई बिहान साढे ९ बजे सदरमुकाम धुन्चेबाट पक्राउ गरेको हो।

रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार दोर्जे सुन लिएर टाटा सुमोमा काठमाडौं जाँदै थिए।

विशेष सूचनाको आधारमा दोर्जे चढेको टाटा सुमोलाई रोकेर चेकजाँच गरी प्रहरीले सुनसहित समातेको थियो।

‘चीनबाट पैदलमार्ग हुँदै सुन ल्याएको प्रारम्भमा खुल्न आएको छ,’ डिएसपी तामाङले भने। पक्राउ परेका दोर्जेमाथि अनुसन्धान भइरहेको तामाङले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments