वाशिङटन डिसी, १० माघ २०८०। गएको वर्ष अन्त्यतिर स्ट्रिमिङ सर्भिस प्रदायक कम्पनी नेटफ्लिक्समा साइन अप बढेको छ । कम्पनीले एक जना सब्सक्राइबरको पासवर्ड धेरैले बाँडेर चलाउने प्रवृत्तिमा कडाइ गरेसँगै साइन अप बढेको हो ।
२०२३ को डिसेम्बरमा सकिएको त्रैमासमा नेटफ्लिक्समा १ करोड ३१ सब्सक्राइबर थपिएका छन् । यो सन् २०२० यताको सबै त्रैमासमध्ये सबैभन्दा धेरै हो । कम्पनीले पासवर्ड शेयरिङमा कडिकडाउ गरेयता गएको वर्षदेखि नै सब्सक्राइबर सङ्ख्या हरेक त्रैमासमा बढिरहेको छ ।
आगामी दिनमा पनि सब्सक्राइबर सङ्ख्या बढ्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ । कम्पनीले मूल्य बढाउने योजना पनि बनाइरहेको छ । ‘कम्पनीले मूल्य वृद्धिलाई थाँती राखेर पैसा तिरेर शेयर गर्न पाइने योजना ल्याएको छ’ कम्पनीकी सह–प्रमुख कार्यकारी ग्रेग पिटर्सले भनेकी छन् ।