Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

एजेन्सी, १० माघ २०८० । पुरातत्वविद्ले चीनमा ५३ सय वर्ष पुराना धानको बिरुवा पत्ता लगाएका छन्। यो बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धित छ।

हेमुडु संस्कृति निङ्ग्बोको हेमुडु सहरमा विकसित भएको हो। यो एउटा प्राचीन सभ्यता थियो जुन धानखेतीको प्रगति तथा अद्वितीय रूपमा अग्ला भवनका लागि प्रसिद्ध थियो।

यो संस्कृति याङ्ग्जी नदीको तल्लो क्षेत्रमा फक्रिएको थियो। यो ठाउँमा एउटा उन्नत प्राचीन सिँचाइ प्रणाली तथा तल्ला याङ्ग्जी नदी क्षेत्रका मानिसको सम्बन्धको सबुत पनि फेला परेका छ।

यसलाई चिनियाँ इतिहासको सबै भन्दा ठूला अन्वेषण मानिएको छ। निङ्ग्बो महानगरीय अनुसन्धान एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टका रिपार्ट अनुसार धान रोपिएका यो पूरै इलाका करिब एक हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

यो खोज नवपाषाण युगको हेमुडु संस्कृति क्षेत्रको केन्द्रमा गरिएको छ, जुन प्राचीनकालमा मानवीय गतिविधिका एउटा ठूला स्थल थियो। उत्खननका क्रममा पुरातत्वविद्हरूले तीनवटा ढिस्का, नौ वटा खाडलका साथै धान र झारका अवशेष फेला पारे।

उनीहरूले एक सिँचाइ तथा जल निकासी प्रणालीका साथै एउटा मार्ग पनि फेला पारेका छन्, जुन धानखेतलाई छिमेकी घरसँग जोड्दथ्यो। वैज्ञानिकहरू त्यस ठाउँमा फेला परेको सिँचाइको व्यवस्था देखेर अचम्मित भएका छन्।

तपाईको प्रतिक्रिया